पोखरामा बस दुर्घटना हुँदा ८ जना घाइते

तु खबर संवाददाता
२०८० चैत्र २९,बिहीबार १०:२६

पोखरा । पोखराको हेम्जामा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।