बाजुरामा भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८० चैत्र ३०,शुक्रबार ०८:३६

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको बाह्रबिसेस्थित केन्द्रबिन्दु भएर आज बिहान भूकम्प धक्का महसुस भएको हो ।

बिहान ३ः५३ बजेको समयमा ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।