कलंकीस्थित भाटभटेनीमा आगलागी

तु खबर संवाददाता
२०८० चैत्र ३०,शुक्रबार १८:२६

काठमाडौं । राजधानीको कलंकीस्थित भाटभटेनीमा शुक्रबार आगलागी भएको छ ।

उक्त भाटभटेनीमा शुक्रबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको हो ।

हाल घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको छ ।