हत्या गरेको अभियोगमा पक्राउ
नवलपरासी । नवलपरासी पश्चिममा आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन)को कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमार रहेको प्रहरीले जनाएको छ ।
सन्तरामलाई प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सन्तरामले गत चैत २८ गते बादबिवाद भई कुटपिट गर्दा तिलकधरी गम्भीर घाइते भएका थिए । घाइते उनको स्थानिय मेडिकलमा उपचार गराई घरमै बसिरहेको अवस्थामा आइतबार बिहान मृत्यु भएको थियो ।
पक्राउ परेका सन्तराममाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।