लुम्बिनी प्रदेशः संसदीय समितिको निर्वाचन मिति घोषणा
बुटवल । लुम्बिनी प्रदेश सभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा भएको छ ।
सोमबार प्रदेश सभाले एक सूचना जारी गर्दै यही वैशाख ५ गतेका लागि निर्वाचन मिति सार्वजनिक गरेको हो ।
लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबीच भागबण्डा मिलेलगत्तै निर्वाचन मिति घोषणा गरेको हो ।
जारी सूचनामा प्रदेश सभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । जसअनुसार, वैशाख ५ गते बिहान मनोनयन दर्ता हुनेछ भने सोही दिन निर्वाचन हुने जनाइएको छ ।
लुम्बिनी प्रदेशमा अर्थ उद्योग तथा पर्यटन, सार्वजनिक लेखा, सामाजिक विकास, भौतिक पूर्वधार विकास, प्रदेश मामिला तथा कानुन, कृषि वन तथा वातावरण लगायतका समिति रहेका छन् ।
ती समितिको सभापति चयनको लागि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।