मधेश सरकारबाट बाहिरियो लोसपा

तु खबर संवाददाता
२०८१ बैशाख ४,मंगलवार १७:३३
file-photo

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएसँगै लोसपा सरकारबाट बाहिरिएको हो ।

मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको थियो । दलको निर्णयसँगै कुर्मीले राजीनामा दिएका हुन् ।

मधेश प्रदेश सभामा लोसपाका ९ जना सांसद रहेका छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए ।

लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।