मानविकीका उत्कृष्ट विद्यार्थीले थेसिस लेख्न २५ हजार पाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगतका केन्द्रीय विभागमा अध्ययनरत उत्कृष्ट विद्यार्थीले थेसिस लेख्न २५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) बीच थेसिस गर्न सिनासवृत्ति स्थापना गर्ने सहमतिसँगै उत्कृष्ट विद्यार्थीले उक्त रकम प्राप्त गर्ने भएको हो ।
यही शैक्षिकसत्रबाट लागू हुने गरी विभागबाट सिफारिस भईआएका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रतिविद्यार्थी २५ हजार रकम प्रदान गरिने स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए ।
उनका अनुसार, त्यसको लागि सिनासले केन्द्रीय विभाग र स्ववियुसँग समन्वय गरी आवश्यक कार्यविधि बनाएर शैक्षिक सत्र २०८०/०८१ बाट निरन्तर रुपमा संचालनमा ल्याइनेछ ।