कांग्रेस मकवानपुरको प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०८१ बैशाख ५,बुधबार १५:३२

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित दुई दिवसीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित प्रशिक्षक कार्यक्रम मंगलबार सुरु भई बुधबार सम्पन्न भएको हो ।

पार्टीका जिल्ला, क्षेत्रीय, प्रदेश क्षेत्रीय र गाउँपालिका कार्यसमितिका पदाधिकारीलाई तालिम दिएको कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिए ।

उनका अनुसार, प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा ८१ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तालिममा डा. गोविन्द पोखरेल, डा. सुरेश आचार्य, डा. शंकर तिवारी, कांग्रेस बागमती प्रदेशका मूख्यसचिव राजु नेपाल र अर्जुन सुवेदीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

तालिममा प्रशिक्षण कलादेखि पार्टीको विभिन्न नीति, विधान र वर्तमान परिवेशका बारेमा प्रशिक्षण दिएको कांग्रेस मकवानपुरका सहसचिव ईन्दिरा न्यौपानेले बताइन् । न्यौपानेका अनुसार, प्रशिक्षण गर्ने प्रशिक्षक उत्पादन गर्नका लागि तालिम दिएकोे बताइन् ।

कार्यक्रमबाट उत्पादित प्रशिक्षकहरुले वडा÷वडा, गाँउ÷गाँउमा गएर प्रशिक्षण दिने जनाइएको छ ।

कार्यक्रम कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको हो ।