सुदूरपश्चिम प्रदेशका सीमा नाका बन्द

तु खबर संवाददाता
२०८१ बैशाख ५,बुधबार १७:२१

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमा नाका बन्द गरिएको छ ।

भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द गरेको जानकारी दिए ।

उनका अनुसार, उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मंगलबार साँझ ६ बजेदेखि बन्द भएको सीमा नाका वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म कायमै रहनेछ ।

उक्त अवधिमा सीमा नाकामा पूर्ण रूपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।