लुम्बिनी प्रदेशमा एकैदिन दोस्रो पटक मन्त्रिपरिषद् बिस्तार

तु खबर संवाददाता
२०८१ बैशाख ६,बिहीबार १५:४५
file-photo

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार गरिएको छ । प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिपरिषद् गरेका हुन् ।

बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुनः एक मन्त्री थपेका हुन् ।

मुख्यमन्त्री महराले नेकपा एकीकृत समाजवादीबाट भगवती चौधरीलाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्रीले यसअघि एमालेका चार, उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका थिए । यससँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

बिहीबार नियुक्त भएका सातै जना मन्त्री विना विभागीय हुन् ।