एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल पराजित

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पराजित भएको छ ।
ओमानमा जारी उक्त प्रतियोगितामा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७ दशमलव २ ओभरमा केवल ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्यो ।
जारी प्रतियोगितामा अब नेपाली टोलीले ओमान र हङ्कङबीच हुने दोस्रो सेमिफाइनलको पराजित टोलीसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थानको प्रतियोगिता भोलि शनिबार हुनेछ ।
सेमिफाइनलमा विजयी दुई टोलीबीच आइतबार उपाधिको लागि प्रतिस्पर्धा हुनेछ ।