अनिश्चितकालका लागि स्थगित भयो गण्डकी प्रदेश सभा
पोखरा । गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार राष्ट्रिय गानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बैठकमा राष्ट्रिय गानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको थियो । साथै सभामुले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएका थिए ।
बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै सहभागी थिए भने कांग्रेस र राप्रपाका सांसद् अनुपस्थित थिए ।