कतारका अमिर शेख नेपाल आउँदै
काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका छन् ।
उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा यही अप्रिल २३ मा नेपाल भ्रमणमा आउने भएको परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो ।
मनत्रालयका अनुसार, उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने जनाइएको छ ।
अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्नेछन् ।
अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।