लुम्बिनीका कृषि मन्त्री भण्डारीलालले दिए पदबाट राजिनामा

तु खबर संवाददाता
२०८१ बैशाख ९,आईतवार १७:२६

बुटवल । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजिनामा दिएका छन् ।

गत चैत २५ गते कृषि मन्त्रीमा नियुक्त भएका अहिरले पदबाट राजीनामा दिएका हुन् ।

उनले राजिनामा दिएसँगै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ ।

दुई मन्त्रालय मागकोमा एउटा मात्रै मन्त्रालय दिएकाले जसपाले सरकारबाट बाहिरिने निर्णय गरेको जनाइएको छ ।

जसपाले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्ने भएपनि हालसम्म सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।