सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो माग दाबी गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई गत माघ १० गते पक्राउ गरेर हिरासतमा राखेको छ ।
आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।