आगलागीबाट लाखौँको क्षति

तु खबर संवाददाता
२०८१ बैशाख १०,सोमबार ०९:४९

ताप्लेजुङ । ताप्लेजुङमा आगलागीबाट लाखौँ धनमालको क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा लाखौँ धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको हो । आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद रु २० हजार नष्ट भएको जनाइएको छ ।

ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयको सहयोगमा गएराति नै आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।