खानेपानी मन्त्री र भौतिक पुर्वाधार मन्त्रीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८१ बैशाख ११,मंगलवार ०९:०३

हेटौंडा । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठ र संघीय सरकारका उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।

सोमबार संघीय मन्त्री महासेठ र प्रदेशका खानेपानी मन्त्री श्रेष्ठबीच पुल्चोकस्थित मन्त्रीनिवासमा भेटवार्ता भएको हो ।

भेटका क्रममा मन्त्री श्रेष्ठले हेटौंडा बाईपास सडकको पुर्णताको लागि उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री महासेठले आफ्नै कार्यकालमा हेटौंडा बाईपास सडकको सुरुवात भएको बताउँदै यसको पूर्णताको लागि सकारात्मक रहेको बताए । छिट्टै नै बाईपास सडक निरीक्षणको लागि हेटौंडा आउने चाहना रहेको सुनाउँदै उपप्रधानमन्त्री महासेठले उक्त सडकलाई आगामी वर्षको बजेटमा समावेश गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरे ।

उपप्रधानमन्त्री महासेठ र मन्त्री श्रेष्ठबीच हेटौंडा रिङरोड, अन्य क्षेत्रमा पुर्वाधार निर्माण योजना र खानेपानी क्षेत्रका विभिन्न विषयमा छलफल भएको थियो ।