मलेसियामा हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु
क्वाललम्पुर । मलेसियामा नौसेनाको तालिमका क्रममा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए ।
दुर्घटनामा हेलिकप्टरका चालक दलसहित सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए ।
उक्त घटनाको बारेमा बीबीसीले थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको जनाएको छ ।–एजेन्सी