भारतबाट ३६ अर्ब बराबरको खाद्यान्न आयात
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा भारतबाट ३६ अर्ब बराबरको खाद्यान्न आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आवको गत साउन महिनादेखि चैत्र मसान्तसम्ममा भारतबाट नेपालमा ३६ अर्ब ४ करोड रुपैयाँ बराबरको खाद्यान्न भारतबाट नेपालमा आयात भएको हो ।
सो रकम खर्च गरे विपत् सरकारले भारतबाट ७ लाख ८१ हजार मेट्रिक टन खाद्य वस्तु आयात गरेको छ ।
नेपालले बासमती चामल, मकै, गहुँ लगायत विभिन्न खाद्य वस्तु आयात गर्दछ ।
नेपालले चालु आर्थिक वर्षको नौ महिनामा अन्य देश समेत गरेर ३७ अर्ब १ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
जसअनुसार लाख ८९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ भने सो खाद्यान्न वस्तु आयात गरे बापत् २ अर्ब ३३ करोडको राजस्व संकलन गरेको छ ।