काठमाडौं आइपुगे कतारी राजा अमिर शेख
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् ।
उनी आफ्नो निजी विमानमा मंगलबार अपराह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका थिए ।
कतारी राजा अमिर शेख राष्ट्रपति पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन् ।
उनले आजै साँझ राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यसूची रहेको छ । त्यसलगतै होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका छन् ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपरान्ह स्वदेश फर्किने कार्यसूची रहेको जनाइएको छ ।