कतारी राजा अमिर शेखले प्रधानमन्त्रीसँग दुई पक्षीय वार्ता गर्दै
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग दुई पक्षीय वार्ता गर्ने भएका छन् ।
दुई दिने नेपाल भ्रमणअन्तरगत राजा अमिर शेखले आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्ने भएका हुन् ।
उनीहरुबीच बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाट गर्ने र त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमिर शेख बुधबार साढे २ बजे स्वदेश फर्किने कार्यसूची रहेको छ । उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार नेपाल आएका थिए ।