कर्णालीका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ बैशाख १२,बुधबार १७:२९

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले शपथ ग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका थिए ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विना विभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो ।

सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।