लुम्बिनी प्रदेशः विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी

तु खबर संवाददाता
२०८१ बैशाख १२,बुधबार १७:४६
file-photo

काठमाडौं । लुम्बिनी प्रदेशका विना विभागी ७ मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री जोख बहादुर महराले विना विभागीय ७ जना मन्त्रीलाई जिम्मेवारी तोकेका हुन् ।

बुधबार मुख्यमन्त्री महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन केसी र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी रत्नबहादुर खत्रीलाई दिएका हुन् ।

यसैगरी, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मा खड्ग बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ ।