कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०८१ बैशाख १३,बिहीबार ०९:१६

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् ।

गत चैत्र २७ गते मुख्यमन्त्री बनेका कँडेलले संवैधानिक प्रावधान अनुरुप आज विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्ने गरी आह्वान गरिएको छ ।

मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेश सभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक÷एक सांसद रहेका छन् ।

कँडेल नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् ।