श्रम तथा उपभोक्ता हित समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ बैशाख १३,बिहीबार ०९:५०
file-photo

काठमाडौं । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आह्वान गरिएको छ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको हो ।

सो बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आ.व.मा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाको बारेमा छलफल हुनेछ ।

साथै मन्त्रालयबाट भए गरेका कामकारबाहीका बारेमा श्रम मन्त्री डोलप्रसाद अर्यालबाट जानकारी लिने कार्यसूची रहेको छ ।