मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
नुवाकोट । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार एक प्रतिवादी बुधबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय राम बहादुर भन्ने जंग बहादुर तामाङ रहेका छन् ।
उनलार्ई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरेको हो ।
तामाङ मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद ठहर भई फरार रहेका थिए ।
उनलाई नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।