चीनले नेपाली नागरिकका लागि भिसा शुल्क नलिने
काठमाडौं । चीनले नेपाली नागरिकका लागि भिसा शुल्क नलिने भएको छ ।
चीनले मे १ बाट नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय गरेको जनाइएको छ ।
नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ ।
चीनले पनि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक–पटक प्रयास भएको थियो ।
यसअघि चीनको भिसाका लागि तीन हजार ९ सय रुपैयाँ तिर्नुपर्ने थियो ।