वडा अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

तु खबर संवाददाता
२०८१ बैशाख १७,सोमबार १६:१०
file-photo

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष उजेरविरुद्धल भ्रष्टाचारको मुद्दा दर्ता गराएको हो ।

वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस/रिसवत माग गरिरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको थियो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष उजेर अलीले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ ।