कर्णालीका नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार एक कार्यक्रमबीच शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण गर्नेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् ।