विभिन्न अभियानको घोषणा गर्दै नेसपा

तु खबर संवाददाता
२०८१ बैशाख १८,मंगलवार १५:५३
file-photo

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले विभिन्न अभियान घोषणा गर्ने भएको छ । नेसपाले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्न लागेको हो ।

बुधबार बिहान १० बजे शान्तिवाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ ।

नेसपाले सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र स्वास्थ्य, किसान–मजदुरको समस्या समाधान, समावेशिता, जात व्यवस्थाको अन्त्य, लैंगिक विभेदको अन्त्य, स्वच्छ वातावरण लगायतका अभियानका मुद्दाहरू अघि सारेको जनाइएको छ ।

नेसपाले उक्त मुद्दासहित सभामा सहभागी हुन सबैलाई आग्रह गरेको छ । उक्त सभालाई पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा।बाबुराम भट्टराई, नेसपा नेता दुर्गा सोब, सामाजिक अभियान विभाग प्रमुख जीएस गुरुङ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ अध्यक्ष विष्णु पौडेल लगायतले सम्बोधन गर्ने प्रचार विभागले जनाएको छ ।