वनमा लागेको आगो सल्केर गाउँमा आगलागी, १४ घर जलेर नष्ट

तु खबर संवाददाता
२०८१ बैशाख १८,मंगलवार १७:४१

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नं ४ सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् ।

नजिकैको वनमा लागेको आगो फैलिएर गाउँमा सल्केरको आगलागीबाट १४ घर जलेर जष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार, प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । तर, वनमा लागेको आगो भने नियन्त्रणभन्दा बाहिर रहेको छ ।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।