‘हकअधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान छ’
![](https://www.tukhabar.com/wp-content/uploads/2023/12/yadav-chandra-sharma-province-chief-1.jpg)
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले हकअधिकार प्राप्तिका लागि नेपाली जनताले गरेको कठोर संघर्षमा नेपालका श्रमिक वर्गको अविस्मणीय योगदान रहेको बताएका छन् ।
प्रदेश प्रमुख शर्माले बुधबार मनाईँदै गरिएको १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले नेपालमा पनि २००७ साल यता श्रमिक दिवस मनाउन थालिएको उल्लेख गरे ।
प्रमुख शर्माले आधुनिकता, विकास र समृद्धिको रचनाकार आम श्रमजीवी भएको बताए । समयको लामो अन्तरालसम्म तिनै मजदुरहरु अधिकारविहीन, शोषित एवम् उत्पीडित रहेको भन्दै गर्दै मजदुरहरुले अनवरत संघर्ष र बलिदान पश्चात् आफ्नो अधिकार स्थापित गरेको उल्लेख गरे ।
मजदुरहरुले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरुको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्दै प्रदेश प्रमुख शर्माले शुभकामना दिए ।