अत्याधिक गर्मी बढेपछि दुई दिन विद्यालय बन्द
बुटवल । अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय विदा दिएको छ । उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा दुई दिन विदा दिएको हो ।
उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचनामा वैशाख २० र २१ गते विद्यालयहरुमा विदा दिने निर्णय भएको उल्लेख छ ।
केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले दुई दिन नगरभित्रका सबै विद्यालयमा विदा दिन निर्देशन दिइएको हो ।
विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने जनाइएको छ ।