मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्ने
काठमाडौं । बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।
सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माका अनुसार, मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने प्रवक्ता शर्माले बताइन् ।
यसैबीच आजको बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको उनले बताइन् ।