७ जना उपसचिवको सरुवा, मकवानपुरमा श्रेष्ठ
काठमाडौं । गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रालयको वैशाख २० गतेको निर्णय अनुसार, उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।
जसमध्ये ६ जना सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा तथा पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ ।
यस्तै, उपसचिव लोकमान श्रेष्ठलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा, सिराहका सहायक प्रजिअमा भीमराज कोइराला र सप्तरीको सहायक प्रजिअमा जितेन्द्र कुमार यादवलाई पदस्थापन गरिएको छ ।
यसैगरी, उत्तर कुमार घिमिरेलाई पर्साको सहायक प्रजिअमा, नरेश कुमार यादवलाई रौतहटको सहायक प्रजिअमा र महेश राज तिम्सिनालाई इलामको सहायक प्रजिअको रूपमा पठाइएको छ ।