नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने
काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव आगामी जेठ २६ गते हुने भएको छ । महासंघको शुक्रबार राति काठमाडौंमा सम्पन्न २७ औँ महाधिवेशनले चुनावको मिति तोकेको हो ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो ।
तर, महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासंघले उक्त मितिमा चुनाव गर्ने निर्णय गरेको हो ।
जेठ २६ मा केन्द्रसँगै प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरूमा निर्वाचन हुनेछ ।
पत्रकारहरूको छाता संस्था महासंघमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासंघको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् ।