जापानकी विदेशमन्त्री खामीखावा नेपाल भ्रमणमा

तु खबर संवाददाता
२०८१ बैशाख २३,आईतवार १६:३४

काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् ।

उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा आज नेपाल भ्रमणमा आएकी हुन् । खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्नेछिन् । उच्चस्तरीय भेटवार्ता भएपनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त यो भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने जनाइएको छ ।

उनी राती १० बजे नै जापान फर्किने कार्यक्रम रहेको छ ।