उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

तु खबर संवाददाता
२०८१ बैशाख २३,आईतवार १८:०८
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने भएको छ ।

प्रदेशको आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले सो निर्णय गरिएको हो ।

सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद् बैठक प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको हो ।