बागमती प्रदेशमा आज सार्वजनिक विदा
मकवानपुर । बागमती प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।
प्रदेशमा नेवाः भाषा (नेपाली भाषा) र तामाङ भाषा सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको हो ।
प्रदेशको गत वैशाख १२ गते बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
गत कात्तिक २३ मा जारी गरिएको उक्त ऐनमा भएको व्यवस्था अनुसार आज वैशाख २४ गतेबाट भाषा ऐन कार्यान्वयन हुँदैछ ।