बाँकेको कोहलपुरमा प्रहरीले गोली चलायो
![](https://www.tukhabar.com/wp-content/uploads/2018/08/goli-prahar.jpg)
काठमाडौं । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा आज बिहानै गोली चलेको छ ।
लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
काठमाडौंबाट खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको जनाएको छ ।
ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको जनाइएको छ ।
प्रहरीका अनुसार, कारोबारी भाग्न खोजेपछि एक राउण्ड गोली चलाएको हो ।
परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।