बागमती प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस

तु खबर संवाददाता
२०८१ बैशाख २७,बिहीबार १६:४२
file-photo

मकवानपुर । बजेट अधिवेशनको रुपमा रहेको बागमती प्रदेश सभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिने भएको छ ।

बिहीबार सम्पन्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसद् अधिवेशन आह्वान गर्नेछन् ।

प्रदेश सभाको हिउँदे अधिवेशन गत वैशाख १२ गते राती १२ बजेदेखि अन्त्य गरिएको थियो ।