मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
उक्त रिट निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दर्ता गराएका हुन् ।
दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ ।
साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न÷नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् ।
रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले हिक्मत कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।