कस्तो रहला दिनभरको मौसम ?

तु खबर संवाददाता
२०८१ बैशाख २८,शुक्रबार ०९:०९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनुका साथै देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।