कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द हुने
धनगढी । कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द हुने भएको छ ।
भारतमा भइरहेको लोक सभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द गर्न लागिएको हो ।
भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख ३१ मा लोक सभा निर्वाचन हुँदैछ ।
सो निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार, सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहनेछ ।