वडाध्यक्ष कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर

तु खबर संवाददाता
२०८१ बैशाख २८,शुक्रबार १०:२४
file-photo

बारा । जीतपुर–सिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ताराबहादुर कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

बैशाख २७ गते बिहीबार विशेष अदालतको दैनिक पेसी सूचीमा वडाध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको जनाइएको छ ।

२०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतले दोषी ठहर गर्दा वडाध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवादी बनाई पुनरावेदनको लागि फागुन ३ गते विशेष अदालतमा मुद्दा दर्ता गराएका थिए ।

इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेज नारायण सिंह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो ।

गत पुस २ गते हेटौंडास्थित अख्तियारको टोलीले वडाध्यक्ष कार्कीलाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको थियो । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।