कोशी प्रदेश सभाको बैठक आह्वान
विराटनगर । कोशी प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेश सभाको बैठक आह्वान गरेका हुन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले सोही दिन प्रदेश सभाबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् ।