विमानस्थलबाट सुनसहित पक्राउ परे लिम्बु

तु खबर संवाददाता
२०८१ बैशाख २८,शुक्रबार १७:५४
सांकेतिक तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो ।

उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले उनको साथबाट ब्रासलेट र औठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन बरामद गरेको हो ।

पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।