बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेश मन्त्री परिषदको बैठकले निर्णय गरी पठाए अनुसार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन बैठक यही बैशाख ३१ गते अपरान्ह १ बजे बस्ने गरी आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्बाट निर्णय गरी सिफारिस भई आएको व्यवहोरालाई संवैधानिक प्रक्रिया पूरा गरी प्रदेश सभाको बैठक आह्वान गरेको जनाइएको छ ।
प्रदेश सभाको हिउँदे अधिवेशन बैठक प्रदेश सरकारको सिफारिस अनुसार यही वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरिएको थियो ।