छुटेका बालबालिकालाई आज खोप लगाइँदै
काठमाडौं । सरकारले नियमित खोप लगाउन छुट्का बालबालिकालाई आज खोप लगाइने भएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको हो ।
१५ महिनामा नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।