सरकारले सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने

तु खबर संवाददाता
२०८१ जेष्ठ १,मंगलवार १७:३८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा इन्टरनेट सेवालाई सर्वसुलभ र उच्च गतिको गुणस्तरीय सेवा प्रवाह गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

ब्रोड ब्यान्ड इन्टरनेट सेवालाई उच्च गतिको बनाई सबै स्थानीय तहमा गुणस्तरीय सेवा पुर्याउन अप्टिकल फाइबरको विस्तार गरिने उनले बताए ।

सबै विद्युतीय सेवालाई इन्टरकनेक्ट गरी विविध प्रशासनिक कार्यलाई सहज बनाइने समेत उनले बताए ।